काठमाडौं २३,असार (ओएनएस) । बेल्जियममा कार्य क्षेत्र रहेको वेल्जियम नेपाल उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक सदस्यता प्राप्त गरेको छ । महासङघका अध्यक्ष प्रदिपजंग पाण्डेले सो संघका महासचिव लोक दाहाललाई सोमवार एक कार्यक्रम बीच सदस्यताको प्रमाणपत्र प्रदान गरे ।
महासंघको गत बर्ष सम्पन्न १५औं कार्यकारिणी समिति बैठकले महासंघको विधानमा व्यवस्था भए अनुसार उक्त सङ्घलाई वैदेशिक सदस्यता दिने निणर्य गरेको थियो । संघले सदस्यता वापत महासंघलाई वार्षिक १ हजार अमेरिकी डलर सदस्यता शुल्क बुझाउनु पर्नेछ । महासंघले अन्य यूरोपेलि राष्ट्रहरुमा नेपाली उद्यमी व्यवसायीहरुले स्थापना गरेका उद्योग वाणिज्य संघहरुलाई पनि सदस्यता दिने बताएको छ ।
सो अवसरमा महासंघका अध्यक्ष पाण्डेले सदस्यता विस्तारबाट नेपाल र सम्बन्धित देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, संयुक्त लगानी प्रवद्र्धनलगायतमा सहयोग पुग्ने विश्वास प्रकट गरे ।