गौशालामा फ्लाई ओभर बन्ने

28
  •  
  •  
  •  

fly-overकाठमाडौं १५ भदौ (ओएनएस) :  चीन सरकारको सहयोगमा विस्तार भइरहेको ८ लेन चौडा चक्रपथ सडकको गौशालादेखि चावहिल खण्डमा फ्लाई ओभर बन्ने भएकोछ ।
आगामी आठ वर्षभित्र चक्रपथको पूरा लम्बाई २७ दशमलव ३ सय ९४ किलोमीटर सडक विस्तार गरी ८ लेन बनाईसक्ने गरी अघि बढाएको परियोजना अन्तर्गत गौशालादेखि चाबहिलसम्म गरिब २ किलोमीटर लामो फ्लाई ओभर निर्माण हुनेछ ।
चीनको प्राविधिक र आर्थिक सहयोगमा तीन फेजमा निर्माण सम्पन्न भइसक्ने चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत फ्लाई ओभर निर्माणको काम तेस्रो फेजमा हुनेछ । पहिलो फेज अन्तर्गतको कलंकी-कोटेश्वर खण्ड विस्तार डेढ वर्षअघि सुरु भइसकेको छ । दोस्रो फेजमा कलंकीदेखि गोंगबुसम्म को सिडक खण्ड भने त्यसपछि मात्र निर्माण गरिने भनिएको थियो । तर, यस खण्डमा सडक विस्तार गर्ने पर्याप्त ठाउँ नभएकोले यो योजना पछि सारिएको हो ।

4c9bea0e23e1c26250ae477cc36f448f_Lचक्रपथ विस्तार परियोजनाका प्रमुख अशोश तिवारीका अनुसार फ्लाई ओभर निर्माण गर्ने विषयमा चीन सरकार तयार भइसकेको छ । उनले गौशाला-चावहिल क्षेत्रमा अत्याधिक घर रहेको र उक्त घर भत्काएर विस्तार गर्न पर्याप्त ठाउँ अभाव हुने भएपछि फ्लाई ओभर बनाउँन लागिएको बताए ।
परियोजनाले फ्लाई ओभर निर्माण भन्दा पहिला गौशालादेखि चाबहिल क्षेत्रसम्म सुरुङ्मार्ग बनाउने योजना अगाडि सारेको थियो । तर पशुपति क्षेत्र भएकाले सुरुङ्मार्ग बनाउँने क्रममा कुनै पुरातात्विक वस्तु फेला परे सम्पूर्ण निर्माण कार्य रोक्नुपर्ने अवस्था आउने भएकोले फ्लाई ओभर बनाउने निर्णय भएको हो । नागरिकबाट


  •  
  •  
  •