फूलै फूलको मौसम (फोटोफिचर)

176
  •  
  •  
  •  

काठमाडौं, १० चैत (ओएएनएस) : राजधानीको भृकुटीमण्डमा ४ दिनसम्म चलेको १८ औं पुष्प व्यापार मेला सकिएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा भएको व्यापार मेलामा ६१ लाख रुपैंयाँ बराबरको कारोबार भएको बताइएको छ ।

मेला अवधिभर ४९ हजारभन्दा बढीले मेला अवलोकन गरेको मेला संयोजक तथा उपाध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । मेला यहि चैत ७ गते शनिबारबाट सुरु भएको थियो । मेलामा व्यवसायिक स्टल ६५ वटा, सूचनामुलक १० वटा र फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा सहितगरी जम्मा ७८ वटा प्रदर्शनी कक्ष राखिएको थियो ।

कृषि विकास मन्त्रालयको सहयोगमा भएको मेलामा फूलका बिरुवा किन्नेहरुका साथै व्यवसायमा लाग्न चाहनेहरुको पनि भिड लागेको थियो । पुष्प व्यापार मेलाको अवसरमा खिचिएका तस्विरहरु :

Flower Exibition  (13) Flower Exibition  (12) Flower Exibition  (11) Flower Exibition  (10) Flower Exibition  (9) Flower Exibition  (8) Flower Exibition  (7) Flower Exibition  (6) Flower Exibition  (5) Flower Exibition  (4) Flower Exibition  (3) Flower Exibition  (2) Flower Exibition  (1)


  •  
  •  
  •