फूलको माग बार्षिक १५ प्रतिशतले बढ्यो

95
  •  
  •  
  •  

काठमाडौं, २७ असोज (ओएनएस) : नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुको मागमा बार्षिक १५ प्रतिशतले बढेको छ । माग बढ्दै जाँदा यससंग सम्वन्धि उद्योगहरु पनि क्रमशः विस्तारित भईरहेको फ्लोरिकल्चर एशोसियशनले जानकारी दिएको छ ।

संघका अनुसार बार्षिक आर्थिक बर्ष २०६९-७० मा १ अर्व १५ करोड बराबरको फुल कारोवार भएको छ । त्यसमध्ये ३ करोड १५ लाखको निर्यात भएको फ्लोरिकल्चर एशोसियशनले जानकारी दिएको छ । हाल ३८ जिल्लामा लगभग ६ सय ५० पुष्प फर्म÷नर्सरीहरु छन् ।

यस व्यवसायबाट ४१ हजार  भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी प्राप्त गरेका छन् । पुष्प व्यवसायको केन्द्र काठमाण्डौँ मात्र नभएर हाल पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, धनगढी लगायतका सहरहरुमा फैलिएको बताइएको छ ।

आठौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

_MG_8187

‘आठौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ असोज ३१ गते देखि सुरु हुने भएको छ । ललितपुरको जावलाखेल मैदानमा हुने सो मेला कात्तिक ३ गतेसम्म चल्ने छ ।

मेलाको नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरकल्चर एशोसिएसन नेपालले  आयोजना गर्न लागेको हो । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

सो मेलामा  गोदावरी पुष्पका विविध जाती प्रजातीहरु मध्ये स्पाईडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्स गरी चार विधामा प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।
मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित जम्मा ३५ वटा प्रदर्शनी कक्ष रहने छन् । गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य फूल बिरुवाहरु समेत प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

साथै पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ ।
प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना घोषणा गरि शिल्ड, प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।

यस्ता प्रतियोगिताले उत्पादकहरुको स्वच्छ प्रतिस्पर्धाको बिकास भई गुणस्तरिय उत्पादन हुनुका साथै क्षमता अभिबृद्धि हुने आयोजकको विश्वास छ । मेलाको गत बर्ष २२ हजार अवलोकनकर्ताले अवलोकन गरेका थिए भने २१ लाख भन्दा बढिको कारोबार भएको थियो ।


  •  
  •  
  •