बाढीपहिरोमा परी १११ जनाको मत्यु, ३५ बेपत्ता : गृहमन्त्री शर्मा

200
  •  
  •  
  •  

janardan sharma 1

काठमाडौं, ३१ साउन (ओएनएस) : गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पाकृतिक प्रकोप बाढीपहिरोबाट देशभर १११ जनाको मृत्यु भएको बताएका छन् ।

आज बसेको व्यवस्थापिका संसद बैठकमा बोल्दै गृहमन्त्री शर्माले बाढीपहिरोबाट भएको क्षति धनजनको क्षतिबारे जानकारी गराएका हुन् । उनले बाढी पहिरोमा परि १११ जनाको मृत्यु भएको र ३५ जना बढी बेपत्ता भएको जानकारी दिए ।

उनले बेपत्ताहरुको खोजी कार्य जारी रहेको समेत जानकारी दिए । त्यस्तै, हजारौं परिवार विस्थापित भएका र १०औं हजार घर डुबानमा परेको उनले जानकारी दिए ।

उनले प्राकृतिक प्रकोपपछि राहात, उद्धार र पुर्नस्थापना सम्बन्धि भइरहेका कामबारे पनि संसदलाई जानकारी थगराएका छन् । उनले सिमित श्रोत साधनका बाबजुद सरकारले राहत र उद्धारमा कुनै कमि नल्याएको दाबी गरेका छन् ।


  •  
  •  
  •