भूमिहिनको अनुराेध : बाढीपीडित समस्या समाधान गरिदे सरकार

193
  •  
  •  
  •  

flood 2
काठमाडौ, १० भदौ (ओएनएस) : राष्ट्रिय भूमिअधिकार मञ्चले बाढीको दिर्घकालिन समाधान खोज्न सरकारलाई अनुरोध गरेको छ ।
राहत बाँडेर फेरी अर्को वर्ष आउने बाढी कुरेर बस्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै मञ्चले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रकोपले विशेष गरेर भूमिहिन, दलित, गरिवले बढी मार खेपिरहेकाले गरिबहरु झन गरिबीतिर धकेलिँदै गएको उनीहरुको मञ्चले जनाएको छ । विपद् समान रुपले आएपनि त्यसको असर गरिब तथा निमुखाहरुमा बढी हुने गरेको भन्दै तत्कालन दिर्घकालिन समस्या समाधानका लागि माग गरिको छ।

आफ्नो जमिन नभएका कारण कुलाको ढिक, खोला, बाटो र जंगलको छेउमा गरिबहरु नै बस्न बाध्य हुन्छन् । गरिबहरुको तत्काल रुपमा खाना तथा पालहरु उपलव्ध गराउनु मानवीय कर्तव्य भएपनि त्यसको दिर्घकालिन समाधान खोज्न गरुरी रहेको मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले बताए ।

गृहमन्त्रीलाई बुझाईएको पत्रमा तराईका सबै जिल्लाको भूउपयोग नक्सा राष्ट्रिय भूउपयोग आयोजनाले बनाइसकेकाले सोही नक्साको आधारमा सुरक्षित देखिएका स्थानमा मात्र बसोबासको प्रबन्ध मिलाउन मञ्चले अनुरोध गरेको छ ।

मञ्चले बाढी तथा डुवानले घर भत्केका परिवारलाई सुरक्षित स्थानमा जग्गा खोजी व्यवस्थित तवरले बसोवास गराउन र घर नभत्केका तर जोखिम क्षेत्रका वसोवासी परिवारको लागि क्रमश स्थान्तरण गर्ने योजना बनाउन सरकारलाई सुझाएको छ ।

बाढीले जग्गा नोक्सान भएका (दर्ता वा ऐलानी) परिवारलाई सम्भव भएसम्म सोही जग्गा खेतीयोग्य बनाउन आर्थिक सहयोग गर्नुपर्ने र त्यस्तो सम्भव नहुने स्थानमा जिविकाको लागि सहज हुने गरी जग्गा सट्टा भर्ना दिनुपर्ने माग मञ्चले राखेको छ ।

स्वभाविक भूउपयोगलाई असर हुने नदीको परम्परागत बहावलाई असर पुग्ने कुनै पनि संरचना बनाउन र मधेसको उत्तरतर्फ गिट्टी, वालुवा र ढुंगा बेच्न रोक्नुपर्ने सुझाव मञ्चले दिएको छ ।


  •  
  •  
  •