बाढीले पाँच सय घर डुबानमा

67
  •  
  •  
  •  

दिलीप सिंह 
सिरहा, २९ साउन (ओएनएस)  :  दुई दिनदेखि परेको वर्षाले कमला नदीमा पानीको बहाव बढेपछि नदीको पूर्वी तटबन्ध बिहीवार भत्केको छ । तटबन्ध भत्केर सिरहाका सारश्वर, चिकना, भोक्राहा र सिरहा नगरपालिको केही भाग डुबानमा परेको छ । डुबानले गर्दा त्यस क्षेत्रका वासीन्दाहरूमा त्रास मच्चिएको छ । पानी गाउँमा आएपछि त्यहाँका वासीन्दाहरू बिचलित भएका छन् ।

सिरहा मिर्चैया सडक खण्डको सारशवरस्थित सडकमा करिब डेढ मिटर पानी जमेको छ । पानी जमेकाले सर्वसधारणलाई आवत जावतमा पुर्ण रुपले प्रभावित भएका छन् । विहान आएको बाढीको पानीले आसपासका गाउँले पनि आतंकित बनेका छन् । अहिले सारश्वर, बेल्हा, अर्नमा प्रपी, कल्याणपुरलगायत गाविसका बासिन्दा विस्थापित बनेका छन् । बाढीका कारण करिब ५ सय भन्दा बढी घर डुवान परेर विस्थापित भएको प्रहरीले अनुमान गरेको छ । सारश्वर गाविस वडा नम्बर १,२,४,८ का करिब सय भन्दा बढी घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि गाउँमा भगाभाग मच्चिएको छ । बाढीका प्रभावितहरूलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगिरहेका छन् ।

बाढीले गाउँमा धेरै क्षति भएको स्थानीय प्रदिप मण्डलले जानकारी दिए । सर्वसधारण र प्रहरीले घरको समान निकालेर सुरक्षित तर्फ लग्ने गरेको मण्डलले बताए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक लक्ष्मण गिरीले डुबानमा परेका सबैको तथ्यांक संकलन र उद्धार गर्ने कार्य जारी रहेको बताए ।

तरकारी खेतमा पानीले के ग¥यो भनेर हेर्न गएका भोक्राहा ९ का ४८ वर्षीय भिखारी महरा वेपता भएका छन् । उनलाई बाढी बगाएको हुन सक्ने नायव उपरिक्षक लक्ष्मण गिरीले शंका गरे । उनले भने, ‘स्थानीयको सहयोगमा प्रहरीले वेपता भएका महराको खोजी गरिरहेको छ ।’  यस्तै, सारश्वर गाविसमा एक गर्भवति महिलालाई उद्धार गरिएको छ । उद्धार गरिएक सारस्वर १ घर भएका दिनेश कामतीकी श्रीमति मनतोरिया कामती उद्धारपछि सुत्केरी भएकी छिन् । उनले अपरान्ह १२ः४५ बजे छोरा पाएका छन् । उनको पुरै घर डुबानमा परेका छन् ।

प्रहरी नायव उपरिक्षक गिरीले भने, ‘बच्चा हुने समय नजिएको थियो, गाउँमा बाढी आएपछि उनलाई उद्धार गरि सिरहा सदरमुकाम लग्ने क्रममा बाटोमा नै बच्चा जन्मिएको हो ।’   दैविक प्रकोप समिति सिरहा अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई बाढी पीडितहरूको उद्धार र सुरक्षित स्थानमा पु¥याउन परिचालन गरिएको बताए ।


  •  
  •  
  •