काठमाडौँ, २२ चैत(एजेन्सी) : पाकिस्तानमा भएको भीषण वर्षा र बाढिका कारण कम्तिमा ५३ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको खैबर पख्तुन ख्वाहको केही भागमा पाकिस्तान प्रशासित कश्मिर र गिलगित-बल्तिस्तानमा शनिबार वर्षा सुरू भएको छ ।
वर्षाभन्दा पहिले भएको वर्षाले पाकिस्तानको देहाती क्षेत्रमा बाढीले तहननहस बनाएको छ भने मानिसहरू आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ ।
राष्ट्रिय आपद् व्यवस्थापन विभागका अधिकारी लतिफ-उर-रहमानलाई उदृत गर्दै घाइते भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ । उत्तरी स्वात घाटीँमा बस्दै आएका हबीब खानले एक स्थानीय टेलिभिजन च्यानललाई बताएका छन्, ‘हामी हाम्रो हालतमा छोडिएको छ । सरकारबाट हाम्रो मद्दतका लागि कोही आएको छैन् ।’
यता, अधिकारीहरूले भने टेन्ट र अन्य राहत सामग्री प्रभावित क्षेत्र पठाइरहेको जानकारी दिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सयौँ मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ ।