क्वालालाम्पुर, १२ पुस : मलेसियाको पूर्वी भेगमा आएको भीषण बाढीका कारण लाखौ घरबार बिहिन हुन पुगेका छन् । पेरक राज्य र केलान्थान राज्य बाढिमा फसेको छ ।
सुरक्षा अधिकारीहरुका अनुसार बाढीका कारण ७ जनाको मृत्यु भएको छ भने सयौ संख्यामा मानिसहरू बेपत्ता भएका छन् । विगत २४ औ घण्टादेखी लगातार परेको पानीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । केलान्थान राज्यमा मात्र २० हजार परिवार विस्थापित भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त क्षेत्रमा नेपालीहरूको बाहुल्यता रहेको यो ठाऊँका सबै कलकारखाना बन्द भएका छन् । त्यहाँका नेपालीहरू सुरक्षित रहेको पेराक बट्टामा रहेका हरी राईले बताएका छन् । घटनाबारे नेपाली दुतावासमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् । उक्त क्षेत्रमा करिब २ लाख नेपालीहरु रहेको अनुमान गरिएको छ ।
बाढि प्रभावित क्षेत्रहरूमा सुरक्षाकर्मी तथा रेडक्रसले उद्धारकार्य जारी राखेको छ । यस संकटको घडीमा सबैलाई सहयोग गर्न प्रधानमन्त्रीले अपिल गरेका छन् । सञ्चारमाध्मयहरुका अनुसार यो बाढी यो दशककै सबैभन्दा ठूलो हो ।