पोखरा, ९ भदौ : गएराति परेको भीषण वर्षासँगै आएको बाढीले कास्कीको पुम्दीभुम्दी गाविसमा रहेको टिपिकल रेष्टुरेन्ट बगाउँदा चारजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा होटल सञ्चालकका भाइ रामेछापका भुवन मगर र कामदारहरु सिन्धुली जिल्लाका १८ वर्षीय मोहन मगर, ओखलढुङ्गाका प्रकाश मगर र धादिङ जिल्लाका २२ वर्षीय राम मगर भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेपत्ता हुनेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य भइरहेको छ ।