पूर्वमा बाढीको कहर, दुईको मृत्यु, दुई बेपत्ता

185
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) :  पूर्वका विभिन्न जिल्लाहरुमा बुधवारको अविरल बर्षापछि आएको बाढीमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्  । मोरङको बक्राह खोलामा आएको बाढीले मधुमल्ला ४ मा रहेको खोलाको बाँध फुट्दा ४ बर्षीय शिरिष थापाको मृत्यु भएको छ ।

यसैगरी इलामको महामाई ९ बस्ने ५३ बर्षीय फुर्वा शेर्र्पा बाढीले बगाई महामाई खोलाको किनारमा मृत अवस्थामा फेला परेका छन् । झापा मावा खोलाको बाढीमा परी नाम, थर, वतन नखुलेका १ जना र झापाकै रतुवा खोला तर्ने क्रममा ईलाम चुलाचुली ६ बस्ने ४५ बर्षीय सूर्य कुमार राईलाई बगाएको छ ।

मधुमल्लाको बाँध फुट्दा वडा नम्वर ४,५,६र ८ मा बाढी पस्न गई अन्दाजी २ सय घर प्रभावित भएको छ । बाढीले बगाएर छिमेकीको घरमा पुगेकी मधुमल्ला ५ की ९० बर्षीया मनमाया थापालाई प्रहरीले उद्धार गरी  उपचार भईरहेको छ । बाढीमा परी मधुमल्ला ४ का दुर्गा थापाको टिनको छानो भएको घर र सन्त बहादुर राईको काठको २ तले घर बगाएको छ ।flood 2

मोरङ रमिते खोला गाविस २ आइतवारे भन्ने स्थानमा गएको पहिरोले कमला राईको घर सामान्य रुपमा क्षति भएको छ । पहिरोले अवरुद्ध भएको रमिते खोला गाविस ८ जाने बुधवारे भित्री सडक खण्डको बाटो प्रहरी खुलाउने प्रयास गरिरहेको छ ।

यसैगरी सुनसरीमा वराहक्षेत्र गाविस वडा नम्वर १ स्थित धनसार खोला र बलमानन्द पुल नजिक चतरा बहारा क्षेत्र सडक खण्डमा आएको पहिरोले बाटो अवरोध भएको छ ।

यसैगरी इलाम नगरपालीका ४ स्थित भीम बहादुर कार्कीको घर माथिबाट पहिरो आउँदा घर पूर्ण रुपमा क्षति भई गोठमा रहेको २ वटा भैसी, १ वटा गाई र १ बाच्छो पुरी मरेको छ भने वडा नम्वर ५ बस्ने एल्वी रानाको गोठ पुरीदाँ १ गाई, १ बाच्छा र १ घोडा पुरिएको, देउमाई नगरपालीका होम बहादुर लावती, लक्ष्मीपुर ७ का चूडामणी पौडेल र दर्ना फदेलाको घर पहिरोले बगाएको छ ।

यसैगरी झापा खुदुनाबारी ४ बस्ने बेतप्रसाद भण्डारीको घर टाङटिङ खोलामा आएको बाढीले बगाउँदा अन्दान्जी ३ लाख रुपैयाँको क्षति भएको छ  भने काठको झुलुङ्गे पुल बगाएको छ ।  अविरल बर्षापछि नदिमा आएको पानीको बहाव कम भईसकेको छ ।flood


  •  
  •  
  •