राहत वितरण प्रभावकारी बनाउन गृहमन्त्री अाफै खटिए, विहानै विमानस्थलमा

143
  •  
  •  
  •  

home minister sharma at airport-

काठमाडौं, ३१ साउन (ओएनएनस) : बाढी तथा पहिरो प्रभावित क्षेत्रमा भइरहेको राहात ढुवानी निरीक्षण गर्न गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आज विमानस्थल पुगेका छन् ।

रौतहट, पर्सा लगायत विभिन्न बाढी, पहिरो तथा डुबान प्रभावित जिल्लाहरुमा राहत सामाग्रीहरुको समानुपातिक वितरण नभएको गुनासो आएपछि गृहमन्त्री शर्मा आर्फ विमानस्थलमा खटिएका हुन् ।

गृहमन्त्री शर्मासँग गृहसचिव लोक दर्शन रेग्मी, गृहका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुबेदी, विपद व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाको हवाई सेवा निर्देशनालयका प्रतिनिधी, निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधी लगायतको उपस्थिती छ ।

आइतबार र सोमबार गृहमन्त्री शर्मा पश्चिम, मध्य तथा पूर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रका जनतासँग प्रत्यक्ष भेटेर तथा हवाई स्थलगत अवलोकन गरेर फर्किनु भएका थिए ।


  •  
  •  
  •