होस खुलेको छैन सुर्खेतका बाढी पीडितको

118
  •  
  •  
  •  

सुर्खेत, १९ भदौ (ओएनएस) : खोलाको छेउमै घर भएकी वीरेन्द्रनगर वडा नं. १ का सिता विकलाइ रात भरि निन्द्रा लाग्दैन । गत साउन २९ र ३० गतेको वर्षापछि आएकोे वाढी र पहिरोले उनको खेत र घर छेउका जग्गाहरु पनि बगायो । यसैको त्रासले उनी रात भरि आनन्दले निदाउँदिनन् । भन्छिन्, ‘पानी परिरहेको छ, कतै राती निदाएको वेला वाढी आएर घर पनि लगिदियो भने कसरी वाँच्ने ?’ त्यसैले उनलाई रात भरि झसंग–झसंग हुन्छ ।

दुई लालावालासहित उनी रहने त्यो घरको छेउबाट अस्तीको वाढी वगेको थियो । उनलाई लाग्छ ग्रह वलीयो भएकै कारण वेघर हुनु परेन । वारिमा लगाएका तरकारीसहित घर वाहिर भएका सबै सामान अनी जग्गा पनी आँखाकै अगाडि बगेको देखेकी छन् उनले । आज भोली उनलाई रातीको समय गाडिको आवाज सुन्दा पनि वाढी उर्लेर आएको झैँ लाग्छ र राती दुई तीन पटक वाहीर निस्कँदै हेर्दै भित्र जादै गर्ने गरेको उनले सुनाइन् । विकले भनिन्, ‘श्रीमान घरमा छैनन् दुई सन्तानको जिम्मेवारी र घरको जिम्मेवारी मेरा काँधमा छ कसरी वचाउने रातभर सोची रहन्छु ।’

कक्षा ४ र २ मा पढने दुइ सन्तानकी आमा उनी आफना सन्तानलाई कसरी उचित शिक्षा दिने त्यसतर्फ सोची रहेको समयमा वाढीले सबै भताभुङ पारि दिएको बताउँछिन् ।

सोही स्थानकै हर्क नेपालीको अवस्था पनि विककै जस्तो छ । उनी पनि रात भरि निदाउँदैनन् । भन्छन्, ‘रात भरि कसरी निदाउँने निदाएको समयमा जे पनि हुन सक्छ । साउनमा आएको जस्तै वाढी पहिरो आएर घरवार विहिन वनाइ दियो भन आफन्त अनी परिवार गुमाउन प¥यो भने ?’  उनले सम्झिन्छन्, ‘राहत भरि घर पानीमा बुवेको थियो धन्न्न भत्कीएन राती एक चोटी त आतीएर रुखमा चडेको थिएँ ।’

इत्राम खोलाका पीडित हरिकला वलीको कथा पनी उस्तै छ । वाढीले क्षति पु¥याइदिएपछि इत्राम स्कुलमा बसेकी उनीलगायत सबै पीडितलाइ पढाइ प्रभावित भएको भन्दै महिला प्रशिक्षणमा राखीएको छ ।

त्रिपाल मुनी कष्टकर जिवन विताइ रहेकी उनी सरकार र अरु संघ सस्थाहरुले कहिले खानेकुरा देलान र खाम्ला भनी सोच्नु पर्ने बताइन् । काखमा दुधे वालक लिएकी उनले आफ्ना लागिभन्दा सानो बाकलको चिन्ता वढी लाग्ने बताइन् । यी केही उदाहरण मात्रै हुन । ५१ वर्ष यताकै सबै भन्दा ठुलो वाढी पहिरोले क्षति भएका वाढी पीडितहरुको सातो नै फाली दिएको छ । अरुले दिएका नयाँ होस या झुत्रा मैला कपडा तथा जुत्ता चप्पल लाउनु र जस्तै भए पनि एक गास खानुको विकल्प छैन सुर्खेतका वाढी पीडितहरुसंग ।


  •  
  •  
  •