बाढीपहिरो : मृतकको संख्या ४३ पुग्यो

110
  •  
  •  
  •  

काठमाडौं गत बिहीबारदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले वितण्डा मच्चाएको छ।

लगातारको झरीपछिको बाढीपहिरोका कारण हालसमम् ४३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता भएका छन्। अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।

ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ ।


  •  
  •  
  •