बाढी पहिरोबाट ७३ जनाको मृत्यु, १२३ बेपत्ता

328
  •  
  •  
  •  

काठमाडौं, २१ साउन (ओएनएस) : सरकारले बाढी पहिरोका कारण यसबर्ष ७३ जनाको मृत्यु भएको, १ सय २३ जना बेपत्ता रहेको जनाएको छ । व्यबस्थापिका संसदको बुधबार बसेको बैठकमा गृहमन्त्री वामदेव गौतमले बाढी पहिरोका कारण १० जिल्ला प्रभावित रहेको बताएका हुन् ।

साउन २० गतेसम्म बाढी र पहिरोका कारण ७३ जनाको मृत्यु भएको, १ सय २३ जना बेपत्ता रहेका तथा ४० जना घाइते भएका मन्त्री गौतमले बताए । सिन्धुपाल्चोक, शंखुवासभा, गुल्मी, बाजुरा, प्युठान लगायत १० जिल्ला प्रभावित बनेको र पहिरोका कारण १ सय ४ घर भत्किएको मन्त्री गौतमले बताए ।
उनले जापान र चीनमा गएको यस्तै पहिरो नियन्त्रणका लागि फलामका पाइप लगाएर पानीको बहाव खुलाइएको जानकारी गराउदै अन्तराष्ट्रिय अनुभवका आधारमा सिन्धुपाल्चोकको सुनकोसी नदी खुलाउने बताए । यसअघि सभामुख सुवास नेम्वाङले बाढी, पहिरोका कारण भएको क्षतीवारे आजको बैठमै जानकारी गराउन रुलिङ गरेका थिए ।


  •  
  •  
  •