मस्कोको विमानस्थलमा आगलागी, ३ हजार यात्रु निकालिए

382
  •  
  •  
  •  

moscow-airport-fireकाठमाडौ, १७ भदौ(एजेन्सी) : रूसको राजधानी मस्कोको प्रमुख अन्तराष्ट्रिय विमानस्थलमा बिहिबार आगो लागेको छ । विमानस्थलमा आगो लागेपछि विमानस्थलमा रहेका यात्रीहरूलाई बाहिर निकालिएको थियो ।

विमानस्थलमा लागेको उक्त आगो ब्यागेज ह्याण्डलिङ क्षेत्रमा लागेको थियो । उक्त आगलागीमा हताहतीबारे केही खबर भने आएको छैन् । आगलागीका कारण ५० भन्दा बढी उडान रोकिएको थियो ।

रूसको आकस्मिक अवस्था मन्त्रालयले दोमोदेडोवो अन्तराष्ट्रिय विमानस्थलमा शर्ट शर्किट भएका कारण आगो लागेको जनाएको छ । रूसको एक समाचार एजेन्सी तासले मन्त्रालयका एक कर्मचारीलाई उदृत गर्दै उक्त आगो स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेटसम्ममा नियन्त्रणमा लिइएको थियो । विमानस्थल विमानस्थलमा पुग्ने सबै उडान सही समयमा नै विमानस्थल पुगेको ती कर्मचारीले जनाएका छन् । तर, ५० भन्दा बढी उडान भने ढिलो गरी गन्तव्यतर्फ उडेका थिए ।

विमानस्थलका कर्मचारीहरूका अनुसार आगो लागेपछि विमानस्थलमा रहेका ३ हजार यात्रीहरूलाई बाहिर निकालिएको थियो । उनीहरूका अनुसार आगो करिब २० स्क्वायर मिटरमा फैलिएको थियो ।

यता मन्त्रालयका अधिकारीहरूले आगो नियन्त्रणमा आएपछि भवनको जाँच गरेपछि मात्र यात्रीहरूलाई विमानस्थलमा प्रवेश गर्न दिने बताएका थिए ।


  •  
  •  
  •