भैसीसँग विमान ठोक्किँदा…(तस्विरसहित)

422
  •  
  •  
  •  

काठमाडौ, २१ कात्तिक(एजेन्सी) : दिल्लीका लागि उडान भर्न लागेको स्पाइसजेटको एक विमान आज गुजरातको विमानस्थलमा भैसीसँग ठोक्किएको छ । भैसीसँग ठोक्किएको उक्त विमानको इन्जिन बिग्रिएपनि ठूलो दुर्घटना भने भएन र विमानको उडान रद्ध गरिएको थियो ।

flight hits buffaloविमानमा १ सय ४० यात्री सवार थिए । भारतीय सञ्चारमाध्मयहरूका अनुसार नागरिक उड्डयन मन्त्रालयले यस विषयलाई गम्भिरघटनाको रूपमा लिएको छ । उक्त घटनाबारे दुई फरक-फरक जाँचका लागि निर्देशन दिइएको छ ।

flight hits buffalo2उक्त दुर्घटना बिहिबार साँझ ७ बजे भएको थियो । विमानसँग ठोक्किएको भैसी मरेको बताइएको छ । भैसी विमानस्थलको भत्किएको पर्खालबाट छिरेको बताइएको छ । दुर्घटनापछि यात्रीहरूलाई अर्को विमानमार्फत उनीहरुको गन्तव्यमा पुर्याइएको छ ।flight hits buffalo1


  •  
  •  
  •