सम्झनामा बोगटी (फोटोसहित)

315
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : लामो समय कम्युनिष्ट आन्दोलनमा बिताएका एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर वोगटी अब रहेनन् । उनको सोमबार बिहान निधन भएको छ । एमाओवादीभित्र स्वच्छ छविका नेताका रुपमा परिचित बोगटीको जन्म नुवाकोटको तुप्चे गाविस–२ भित्रिनिटारमा वि.सं. २०१० सालमा भएको थियो ।

बुवा भैरवबहादुर र आमा लेखकुमारीका छोरा पोष्टबहादुर बोगटीले २०३४ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०३४ सालमा पुष्पलाल समूहमा संगठित भएका बोगटी २०३७ सालमा संयुक्त चौममा आवद्ध भएका थिए ।

पुष्पलाल समूहले २०३५÷३६ सालको आन्दोलनमा धोका दिएको भन्दै बोगटी संयुक्त चौममा जोडिएका थिए । संयुक्त चौंथो महाधिवेशनसम्म बोगटी जिल्ला समिति सदस्य थिए । २०४४ सालमा अखिल नेपाल किसान संघको अध्यक्ष भएका थिए, बोगटी । २०४० सालमा बोगटी मशालको जिल्ला सेक्रेटरी भए ।

२०४३ मंसीरमा क्षेत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज र त्यसपछि भेरी कर्णाली उपव्यूरो इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको जिम्मेवारी सम्हालेका थिए ।

१० वर्षे सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रियामा आउँदा बोगटीले पश्चिम कमाण्डको इन्चार्जको जिम्मेवारी लिएका थिए भने एमाओवादी बहुपदीयमा गएपछि सचिवको जिम्मेवारी सम्हालेका थिए । २०६९ सालमा हेटौंडामा भएको एमाओवादीको सातौ महाधिवेशनमा बोगटी पार्टी महासचिवमा सर्वसम्मत चयन भएका थिए ।

२०६२÷६३ सालको आन्दोलन सफल भएपछि २०६४ सालमा भएको संविधानसभाको चुनावमा नुवाकोट ३ बाट एकीकृत नेकपा माओवादीको तर्फबाट चुनाव जितेका थिए । झलनाथ खनाल प्रधानमन्त्री हुँदा सूचना तथा सञ्चारमन्त्री भएका बोगटी डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनले ऊर्जामन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए ।
बोगटीले विभिन्न समयमा जेल जिवन विताएका थिए । उनका एउटा छोरा द्वन्द्धकालमा मारिएका थिए ।

bogati 4 bogati post bahadur bogati 1 posta bahadur 0 posta bogati 3

तस्वीरहरु : विभिन्न फेसबुकबाट


  •  
  •  
  •