झण्डाको अपमान गर्दा मल्लिकालाई मुद्दा

121
  •  
  •  
  •  

बलिउड नायिका मल्लिका शेरावतलाई राष्ट्रिय झण्डाको अपमान गरेको आरोप लागेको छ। यस विषयलाई लिएर उनीविरुद्ध हैदरावाद प्रहरी विभागमा मुद्दा दायर भएको छ। त्यहाँस्थित अदालतले दिएको निर्देशनअनुसार मुद्दा दायर भएको एजेन्सीले जनाएको छ। मल्लिकाले भारतको राष्ट्रिय झण्डाले आफ्नो शरीर ढाकेर ग्ल्यामर फोटो खिचाएकी थिइन्।

एक प्रहरी अधिकारीले भनेका छन्– ‘मल्लिकाले राष्ट्रिय सम्मानको अपमान गरेकी छिन्। त्यसैले उनी दोषी छिन्।’ नायिकाविरुद्ध मुद्दा दायर गर्नका लागि दुई नागरिकले अनुरोध गरेका थिए। मल्लिकाले फिल्म डर्टी पोलिटिक्सका लागि उक्त फोटो खिचाएकी थिइन्। फिल्मको पोस्टरमा उनी मात्रै राष्ट्रिय झण्डाले आफ्नो शरीर ढाकेर प्रस्तुत भएपछि उनीविरुद्ध मुद्दा लागेको हो।

फिल्मको पोस्टरमा उनी राष्ट्रिय झण्डाले बेरिएर गाडीको छतमा बसेकी छिन्। मल्लिकामाथि चारैतिरबाट आलोचना हुन थालेको छ भने उनी र केन्द्रीय सरकारमाथि हैदरावादको हाइकोर्टले नोटिस जारी गरेको छ। उनीमाथि राष्ट्रिय झण्डासम्बन्धी विभिन्न कानुन र व्यवस्थाअनुसार कारबाही हुने प्रहरी स्रोतले जनाएको छ।एजेन्सी


  •  
  •  
  •