५ वर्षका बालकद्वारा १३ वर्षीय किशोरीको बलात्कार !

389
  •  
  •  
  •  

काठमाडौँ, २ चैत्र(एजेन्सी) : एक पाँच वर्षको बालकमाथी १३ वर्षीय किशोरीको बलात्कार गरेको आरोप लगाइएको छ । यो अनौठो घटना ग्रेटर म्यानचेष्टर प्रहरीमा पुगेको हो । उक्त घटना गत वर्ष भएको बताइएको छ ।

समाचारमा जनाइए अनुसार उक्त ५ वर्षको बच्चा म्यानचेष्टरको ती बच्चामा समावेश छ जसले १० वर्षभन्दा कम उमेरमा नै अपराध गर्न थालेका छन् । यस्ता बच्चा यौन अपराध, आगजनी र हत्या गर्ने धम्की दिने अपराधमा संलग्न रहेको बताइएको छ । सन् २०१४ बाट यस्ता घटनामा बृद्धी भएको समाचारमा उल्लेख छ ।

यसभन्दा अगाडि एक दुई वर्षको बच्चामाथि पनि खतरानाक अपराधको आरोप लागेको छ । म्यानचेष्टरमा १० वर्षभन्दा कम उमेरका ७० बच्चाहरूविरूद्ध बलात्कारको मुद्धा दर्ता भएको छ । यस्तो घटनामा कानुनी कारबाही अगाडि बढ्न सक्दैन, किनकि बेलायतमा १० वर्षभन्दा कम उमेरका बच्चालाई कानुनी रूपमा दोषी ठहर गर्न मिल्दैन ।

ग्रेटर म्यानचेष्टर प्रहरीका अनुसार उक्त चौकीमा मात्र पछिल्ला दिनमा बलात्कारका २१ घटना दर्ता भएका छन् । यी सबै घटनामा आरोपी बच्चाहरू थिए । यस्तोमा मर्सीसाइड क्षेत्रमा १३ वटा बलात्कारको घटना दर्ता भएका थिए । यी घटनामा सबैभन्दा कम उमेरको आरोपीको उमेर मात्र ६ वर्ष थियो ।

बेलायत र वेल्सको ४३ प्रहरी चौकीमा ३२ जनाले सन् २०१४ पछि १० वर्षभन्दा कम उमेरका बच्चाविरूद्द ४५८४ अपराधिक मुद्धा दर्ता भएका छ । यी बच्चाहरूमाथी आगजनी, हत्या गर्ने धम्की, ड्रग्स राख्ने र आक्रमण गर्ने आरोप लगाइएको छ ।

१० वर्षभन्दा कम उमेरका बच्चाहरूमाथी स्थानीय नियमअनुसार कानुनी कारबाही गर्न सकिँदैन ।


  •  
  •  
  •