पाकिस्तान-वेष्टइण्डिजबीचको खेलमा बने ५ कीर्तिमान

143
  •  
  •  
  •  

ICC-Cricket-World-Cup-2015काठमाडौ, ९ फागुन(ओएनएस) : आईसीसी विश्वकपमा आज शनिबार खेलिएको पाकिस्तान-वेष्टइण्डिजबीचको खेलमा विभिन्न पाँच कीर्तिमान बनेको छ ।

पहिलो : पाकिस्तानले १ रनमा ४ विकेट गुमाएर नयाँ कीर्तिमान बनाएका छन् । एकदिवसीय क्रिकेटमा यति कम रनमा चार विकेट गुमाउने पाकिस्तान पहिलो क्रिकेट टोली बनेको छ । पाकिस्तान भन्दा पहिले यस्तो कीर्तिमान क्यानडाको नाममा थियो । सन् २००६ मा जिम्बाब्बेविरुद्ध क्यानडाले चार रनमा ४ विकेट गुमाएको थियो । पहिलो ४ ओभरमा पाकिस्तानी टोलीले ४ विकेट गुमाएर १ रन जोडेको थियो ।

दोस्रो : १ सय ५० रनको बिशाल अन्तरले वेष्ट इण्डिजले पाकिस्तानमाथि विजय दर्ता गरेको छ। पाकिस्तानविरूद्ध कुनै पनि टोलीले एकदिवसीय क्रिकेटमा यति ठूलो अन्तरले विजय हासिल गरेको यो पहिलो पटक हो । यसअघि सन्  १९९२ मा सिड्नीमा सबैभन्दा ठूलो रनको पराजय पाकिस्तानले बेहोरेको थियो । उक्त खेलमा पाकिस्तानले १ सय ३३ रनले पराजित भएको थियो ।

तेस्रो : वेष्टइण्डिजले ३ सय १० रन जोड्दा एक ब्याटस्म्यानको सर्वाधिक रन ५१ रहेको छ । एकदिवसीय क्रिकेटमा ३ सय भन्दा धेरै रनमा यो सबैभन्दा कम सर्वाधिक रन हो । यसअघि सन् २००५ मा दक्षिण अफ्रिकाले जिम्बाब्बेविरुद्ध ३ सय १ रन बनाएको थियो । उक्त खेलमा सर्वाधिक रन ५६ रहेको थियो ।

चौथो :एकदिवसीय क्रिकेटमा पाकिस्तानले अहिलेसम्म २ सय ८० भन्दा बढिको विजय लक्ष्य पछ्याउन सकेको छैन् । पाकिस्तानले अहिलेसम्म ११ पटक २ सय ८० भन्दा बढिको विजय लक्ष्य पाएको छ तर हरेक पटक असफल रहेका छन् जितका लागि । वेलिङ्गटनमा सन् २००४ मा ३ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान २ सय ८० भन्दा बढी लक्ष्यको सबैभन्दा नजिक पुगेको थियो र ४ रनले पराजित भएको थियो ।

पाँचौ : ३ नम्बरदेखी ८ नम्बरका वेष्ट इण्डिजका सबै ब्याटस्म्यानले ३० भन्दा बढि रन जोडेको यो पहिलो पटक हो ।


  •  
  •  
  •