पाँच हजार उद्यमी सृजना गर्ने मन्त्रालयको लक्ष्य

157
  •  
  •  
  •  

काठमाडौं, २२ असोज (ओएनएस) ः उद्योग मन्त्रालयले चालु आर्थिक बर्षमा ५ हजार जनालाई शीपमूलक तालीम दिने भएको छ ।

उद्योग विभाग अन्तर्गतका प्रशिक्षण केन्द्रमार्फत प्रदान गरिने यस्तो तालीमबाट ८० प्रतिशत उद्यमी सृजना गर्ने लक्ष्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

सोही अनुरुप ४ हजार उद्यमी विभागमार्फत सञ्चालन गर्ने मन्त्रालयकी प्रवक्ता तथा सहसचिव यामकुमारी खतिवडाले बताइन् । त्यस्तै घरेलु तथा साना उद्योग विभागमा दर्ता हुने उद्योगका आधारमा बाँकी उद्यमी सृजना हुने बताइएको छ ।

घरेलु तथा साना उद्योग विभागमा दर्ता हुने उद्योगका आधारमा थप १५ हजार उद्यमी सृजना हुने मन्त्रालयको अनुमान छ । घरेलु तथा साना उद्योग विभागमार्फत बेरोजगार युवालाई उद्यमी बनाउने गरी मन्त्रालयले यस्तो योजना ल्याएको हो ।
जव सिकर टू जव क्रियटर लक्ष्यअनुसार मन्त्रालयले यस बर्ष सो संख्यामा नयाँ उद्यमी सृजना गर्न लागेको हो । त्यसमध्ये केहीलाई मन्त्रालयले आफै शीप तथा तालीम प्रदान गरेर उद्यमी बनाउने बताइएको छ ।

योजना सफल भएमा यस बर्ष मात्रै घरेलु तथा साना उद्योगअन्तर्गत १९ हजार नयाँ उद्यमी थपिने छन् ।
विभागमा गत आवमा १३ हजार ४ सय उद्योगमार्फत १४ हजार नयाँ उद्यमी सृजना भएको थियो ।

सो बर्ष यस्ता उद्योगबाट ३८ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका थिए ।


  •  
  •  
  •