नाइजेरियामा चर्च भत्कियो, ५ को मृत्यु

213
  •  
  •  
  •  

nigeria-flagकाठमाडौ, ३० चैत(एजेन्सी) : नाइजेरियाको एनुगु प्रान्तको ओदुमा शहरमा एक चर्च भत्किँदा ५ को ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ । शनिबार राती अत्याधिक वर्षापछि सेन्ट एन्थनी क्याथोलिक चर्च क्याथेड्रलको भवन ढलेको एक प्रत्यक्षदर्शीले जनाएको समाचारहरूमा उल्लेख गरिएको छ ।

दुर्घटनाको समयमा गिर्जाघरमा प्रार्थना भइरहेको समाचारमा जनाइएको छ । नाइजेरियाका प्रहरी प्रवक्ता इबेरे अमारिजुले घटनाका कारण पत्ता नलागेको बताएका छन् । उनले संवाददाताहरूसँग कुराकानी गर्दै आफूले चर्चको भवन शनिबार करिब ८ बजेतिर ढलेको र ५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । उनले दुर्घटनाको कारणबारे केही खुलाएका छैनन् । अमारिजुले आफूहरूले घटनाको जाँच सुरू गरेको बताएका छन् ।


  •  
  •  
  •