काठमाडौं २१ पुस (ओएनएस) : दलहरुबीच सबै विषयमा सहमति नजिक पुगेपनि संघियताका विषयमा विवाद देखिएको छ । संघियतामा पाँच जिल्ला कता पार्ने भन्ने नेताहरुको होडले संविधान नै अड्कीएको छ । राज्यपुर्नसंरचनाको सम्बन्धमा विवादित मानिएका पूर्वी तराइका ३ र सुदूरपश्चिमका २ जिल्लामा कुरा अड्कीएको छ ।
पूर्वका झापा, मोरङ, सुनसरी र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर जिल्ला पहाडी प्रदेशमा कि तराईमा राख्ने भन्नेमा मुख्य विवाद छ । आज त्यसमा छलफल केन्द्रित हुने सद्घावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । उनका अनुसार पाँच जिल्लाको कुरा मिल्यो भने संविधानको मस्यौदा आउनेछ ।
पाँच जिल्लालाई टुक्र्याएर केही भूभाग तराई र केही पहाडी प्रदेशहरुमा राखेर सहमति खोज्नेमा जोड भएपनि सम्बन्धि क्षेत्रका नेताले टुक्र्याउन मानेका छैनन ।
यसअघिको छलफलमा कांग्रेस-एमाले ती जिल्लालाई पहाडी प्रदेशमा राख्नुपर्ने र मधेसी दलहरु तराईकै प्रदेशमा राख्नुपर्ने अडानमा थिए । पाँच जिल्लाको विवाद मिले दलहरुलाई प्रदेशको संख्या टुंगो लगाउन सहज हुने देखिन्छ ।