सीरिया पुगेका पाँच बेलायती फुटबल खेलाडीले खिचेका थिए आईएसले जारी गरेको भिडियो !

288
  •  
  •  
  •  

jihadi-londonकाठमाडौ, १४ माघ(एजेन्सी) : आईएसआईएस आतंकी जिहादी जोनद्धारा बन्धकहरूको टाउको काटिएको भिडियो बनाउने काममा पाँच बेलायती फुटबल खेलाडीको हात हुन सक्ने आशंका गरिएको छ ।

एक सञ्चारमाध्यमले दिएको प्रतिवेदन अनुसार यी सबै खेलाडी इस्लामिक स्टेटका लागि जिहादी बनेका थिए र अहिले सीरियामा छन् । सुरक्षा संस्थाहरूले पूर्वी लण्डनका पाँ फुटबल खेलाडीहरूले इस्लामिक स्टेटको उक्त भिडीयो खिचेको आशंका गरेका छन् । यो समूहमा समावेश भएका एक खेलाडीले आर्सनल फुटबल क्लवबाट तालिम समेत लिइसकेका छन् भने अर्का एक खेलाडीले लिस्बन युथ टीमको लागी खेलिसकेका छन् । एजेन्सीहरूका अनुसार यी खेलाडीहरूमार्फत कुख्यात आतंकी जिहादी जोनसम्म पुग्न सकिनेछ । जिहादी जोनले पाँच बन्धकको हत्या गरिसकेका छन् ।

इन्टेलिजेन्सहरुलाई प्राप्त जानकारी अनुसार यी सबै फुटबल खेलाडी पोर्चुगलबाट लण्डन आएका थिए, जहाँ यीनीहरु इस्लाम बनेका थिए । यहाँबाट सबै इस्लामिक स्टेटमा सामेल हुनका लागि सीरिया गएका थिए । यीनीहरूमा २२ वर्षका फाबियो पोकास लामो समयदेखि इन्टेलिजेन्सको राडारमा रहेको छ ।

सीरिया गएको यो समूहको एक अन्य जिहादी नीरो सरेवाले केही समय पहिले ट्वीट गरेको थियो, ‘अमेरिकाको लागि सन्देश, इस्लामिक स्टेट एक नया चलचित्र निर्माण गरिरहेको छ । कलाकारका लागि धन्यवाद ।’ युरोपियन सेक्युरिटी अधिकारीहरूले सरेवा र उनका साथीहरूले नै जिहादी नरसणहारको भिडियो निर्माण गरिरहेको हुन सक्ने आशंका गरेका छन् ।


  •  
  •  
  •