पोखरामा आजदेखि फिस फेष्टिभल सुरू

257
  •  
  •  
  •  

begnas lakeपोखरा, १७ बैशाख(ओएनएस) : बेगनास तालको मन्दरेपार्कमा आजदेखि फिस फेष्टिभलको हुने भएको छ ।

‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा माछा तथा खानाका स्टलहरु, माछाका परिकार बनाउने तालीम, माछा, मह, कफी र जडिबुटीको प्रदर्शनी लगायतको करिव २५ वटा स्टलहरु रहने आयोजकले जनाएको छ । तीन दिन सम्म चल्ने महोत्सवको आयोजना होटल तथा रेष्टुरेन्ट एशोसिएसन अफ लेखनाथले गरेको हो ।

स्थानीय साँस्कृतिक कार्यक्रमहरुका साथै लोकदोहरी र पप कन्सर्ट फेष्टिभलको मूख्य आकर्षण रहनेछ । स्थानीय भेषभूषा र झाँकी प्रदर्शन, खुल्ला पौडी र माछा मार्ने प्रतियोगिता र तालहरुमा माछाका भुराहरु छाड्ने कार्यक्रमहरु फेष्टिभलको थप आकर्षणहरु रहनेछ ।

फेष्टिभलका लागि लेखनाथको बेगनास, रुपाताल र दिपाङ तालका स्थानीय माछाहरुका परिकार र प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।


  •  
  •  
  •