जेठ पहिलो सातादेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

261
  •  
  •  
  •  

काठमाडाैँ, ५ बैशाख (अाेएनएस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो सातादेेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने बताएका छन।

नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले आज मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा कार्यक्रमा मन्त्री अधिकारीले यस्ताे बताएका हुन्।

मन्त्री अधिकारीले विमानस्थलको विद्यमान हवाई चाप एयर ट्राफिक व्यवस्थापन गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको बताए ।

मन्त्री अधिकारीले भने ‘एयर स्पेस को उचित व्यवस्थापनमा लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्काल असम्भव रहेको भन्दै अहिले २१ घण्टा चलाई आन्तरिक विमानस्थलमा थप गन्तव्यमा रात्रि उडानको व्यवस्था मिलाइने छ।’

अहिले कैलालीको धनगढीमा शुरु गरिएको रात्रि उडान छिट्टै झापाको भद्रपुरमा पनि शुरु गरिने मन्त्री अधिकारीकाे भनाइ छ।

मन्त्री अधिकारीले कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको कम्तीमा २५ प्रतिशत योगदान पु¥याउन सरकार र निजी क्षेत्रले प्रभावकारी प्रवद्र्धनात्मक काम अघि बढाइनुपर्नेमा जोड दिए ।

सरकारी तथ्यांकअनुसार हाल नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई दशमलब आठ प्रतिशत रहेको छ ।

मन्त्री अधिकारी हालको पर्यटनको योगदान होटल र रेष्टुरेन्टको मात्र भएको भन्दै पर्यटन क्षेत्रको तथ्यांकलाई पनि सही ढंगले अद्यावधिक गर्नुपर्ने आवश्यकता रहेकाे बताए ।

कार्यक्रममा सहभागी संस्कृति र पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटनको विकास प्रवद्र्धनका लागि आगामी कार्ययोजनाबारे सुझाव दिएका थिए।


  •  
  •  
  •