प्रथम राष्ट्रिय स्की च्याम्पियनशिप सम्पन्न

296
  •  
  •  
  •  

काठमाडौँ, १७ माघ(ओएनएस) : साहषराम श्रेष्ठ र फुन्जु लामाले प्रथम राष्ट्रिय स्की च्याम्पियनशिपको उपाधी बिहिबार जितेका छन् ।

first ski championship1रसुवाको लाङटाङस्थित क्यान्जिङ भ्यालीमा संचालन भएको अल्पाईन स्कीमा पुरुषतर्फ शाहष र महिलातर्फ फुन्जु च्याम्पियन बनेका हुन् ।
नेपाल स्की संघको आयोजना तथा मनोकामना केवल कारको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको अल्पाईन स्कीको पुरुषतर्फ नाम्चेका छिरिङ शेर्पा दोश्रो तथा फपिङका रवि बलामी तेश्रो भएका थिए ।

first ski championship3त्यस्तै, महिलातर्फ फपिङकी अनिषा कर्मचार्य दोश्रो तथा ककनकी संगिता लामा तेश्रो भईन् । समापन समारोहका प्रमुख अतिथि नेपाल सरकारका पर्यटन मन्त्री आनन्द पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार बिष्ट, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले खेलाडीलाई शुक्रबार पुरस्कृत गरेका थिए ।

first ski championshipसमापन सहारोहमा मन्त्री पोखरेलले खेलकुद र पर्यटन एक अर्काका परिपुरक भएकाले सगसगै अगाडि बढाउन सकिने धारण ब्यक्त गरेका थिए । उनले बैशाख १२ गतेको महाभुकम्पको चपेडामा परि स्वदेशी–विदेशी गरि १ सय ७५ नागरिकको मृत्य भएको हुँदा लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय भूकम्प स्मृति पार्क बनाउने घोषणा गरेका छन् । मन्त्री पोखरेलले भने, ‘क्यान्जिङ भ्याली ऐतिहासिक ठाउ भएकाले विश्वकै सुन्दर स्की स्थल बन्ने छ ।’

first ski championship2समापनकै अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार बिष्टले पर्यटकलाई तान्ने मुख्य माध्यम स्की खेल बन्न सक्ने बताएका छन् । उनले स्की खेलको विकासमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । नेपाल स्की संघका अध्यक्ष समेत रहेका समापन समारोहका सभापति नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले क्यान्जिङ भ्याली स्की खेलको स्थायी गन्तब्य बनाउने अभियानमा संघ लागि परेको बताएका छन् ।


  •  
  •  
  •