सरकार बनेपछि परामर्श समितिको पहिलो बैठक बस्दै

299
  •  
  •  
  •  

काठमाडौं २९ पुस (ओएनएस) : वर्तमान सरकार गठन भएपछि उच्चस्तरीय राष्ट्रीय पूनर्निमार्ण परामर्श समितिको पहिलो बैठक आज बस्दैछ । भूकम्प प्रभावितको पूनर्स्थापना र पुनर्निर्माणमा नीतिगत सुझाव दिने बनेको समितिले अहिलेसम्म्को कामको समिक्षा गर्दै सुझाव दिनेछ । समितिमा रहेका सदस्यहरुलाई पनि आज जिम्मेवारी तोकिनेछ ।
सरकारका सबै मन्त्री, योजना अयोगका वहालवाला र भूर्तपूर्व अधिकारी, संयुक्त राष्ट्रसंघका नेपाल स्थित प्रतिनिधि पनि सदस्य रहेको उक्त समितिले तत्कालै काम थाल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसअघिको सरकारले नै उच्चस्तरीय सल्लाहकार समिति बनाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने उक्त राष्ट्रीय पुनर्निर्माण परामर्श समितिलाई भूकम्पछिको नवनिर्माण अघि बढाउन नितिगत सुझाव दिने जिम्मा दिइएको छ ।  समितिमा हालसम्मका सबै पूर्वप्रधानमन्त्री, संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, सबै मन्त्री, सरकारका मूख्य सचिव र महत्वपूर्ण मन्त्रालयका सचिवहरु एवं राष्ट्रीय योजना आयोगका वहालवाला पदाधिकारी र अवकाशप्राप्त उपाध्यक्ष सदस्य रहने छन्।

त्यसबाहेक त्रिभुवन तथा काठमाण्डू विश्वविद्यालयका इन्जिनियरिङ्ग संकायका प्रमुखहरु, नेपाल इन्जिनियरिङ तथा मेडिकल एशोसियसनका प्रमुखहरु, उद्यमी व्यवसायीका विभिन्न संगठनका अध्यक्षहरु, जनजाती महासंघका अध्यक्षहरु तथा नेपाल स्थित राष्ट्रसंघका प्रतिनिधि सदस्य रहने बताइएको छ। भूकम्पले निम्त्याएको विनाशसँग जुध्न तत्कालै निर्णय लिनुपर्ने हुनाले उक्त परामर्श समितिको बैठक लामो समययता बस्न सकेको छैन ।


  •  
  •  
  •