सुजाता कोइरालाले फष्ट लेडीलाई भक्तपुर दरवार घुमाउने

140
  •  
  •  
  •  

  काठमाडौं, ७ मंसिर (ओएनएस) : १८औं सार्क सम्मेलनमा सदस्य राष्ट्रका  राष्ट्राध्यक्ष र सरकार प्रमुखका फष्ट लेडी लाई कांग्रेसकी नेतृ सुजाता कोइरालाले भक्तपुर दरवार घुमाउने भएकी छिन् ।

सम्मेलनमा फष्ट लेडीको जिम्मेवारी  पाएकी नेतृ कोइरालाले महिलालाई भक्तपुर दरवार क्षेत्रमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कोइरालासँगै परराष्ट्र मन्त्रालयकी सहसचिव अम्विकादेवी लुइटेलले पनि सो जिम्मेवारी पाएकी छिन् ।

प्रथम  महिलाहरुलाई भक्तपुर उद्योग वाण्ज्यि संघको हस्तकला प्रदर्शनीमा समेत सहभागी गराउने कार्यक्रम छ ।

त्यस्तै  तौमडी मन्दिर र वरपरको दृश्यावलोकनसँगै सोहि स्थानमा झाँकी समेत देखाइने छ । सार्क सम्मेलनमा भाग लिन तीन देशका राष्ट्राध्यक्ष र चार देशका सरकार प्रमुखका साथ प्रथम महिलाहरु मंगलवार काठमाडौं आइपुग्नेछन् ।


  •  
  •  
  •  

Comments are closed.