अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा फुल्यो फूल

260
  •  
  •  
  •  

काठमाडौँ, ४ माघ(एजेन्सी) : अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस विषयमा जानकारी दिएका छन् । वैज्ञानिक निकै लामो समयदेखी यसमा काम गरिरहेका थिए र उनीहरूले यसमा सफलता पनि प्राप्त गरेका छन् । यसअघि पनि उक्त केन्द्रमा काउली फलाइएको थियो ।

एस्टर कलीको एक फूलको एक फोटो ट्वीट गरेर केलीले लेखेका छन्, ‘अन्तरिक्षमा पहिलो फूल फुलेको छ ।’

[box type=”shadow” ]

[/box]

केलीले एक अर्को ट्वीटमा लेखेका छन्, ‘हो ब्रह्माण्डमा जीवनको अन्य रूप पनि रहेको छ ।’

[box type=”shadow” ]

[/box]

यस्तै उनले एक ट्वीट गर्दै उक्त फूल पहिलो पटक घाममा ल्याइएको समेत बताएका छन् ।

[box type=”shadow” ]

[/box]

आजकल केन्द्रमा तरकारी तथा अन्य विरूवा उमार्ने प्रयोग भइरहेको छ । गत वर्ष केन्द्रमा काउली फलाइएको थियो । उक्त काउलीलाई त्यहाँ रहेको फ्रिजमा नै राखिएको थियो । वैज्ञानिक परिक्षणबाट उक्त काउली हानिकारक नरहेको समेत पुष्टी भइसकेको छ । नासाले अन्तरिक्षमा यस्तो अन्य प्रयोगका लागि पनि अनुमति दिएको थियो । स्पेस स्टेशनको निवासीहरूले १० अगस्त २०१५ मा पहिलो पटक अन्तरिक्षमा फलाइएको तरकारी बारे जानकारी दिइएको थियो ।


  •  
  •  
  •