थाई एयरवेजको जहाजमा अवतरणका क्रममा आगलागी

207
  •  
  •  
  •  

thai airwaysकाठमाडौ, १ असोज(ओएनएस) : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा थाइ एयरको बायाँ चक्कामा आगो लागेको छ ।

बैंककबाट काठमाडौका लागि आएको थाई एयरको विमान शुक्रबार बिहान त्रिभुवन विमानस्थल अवतरण गर्ने क्रममा आगो लागेपछि त्यहाँबाट धुँवा निस्केको थियो । चक्कामा आगो लागेको थाहा पाएपछि विमानस्थल प्रशासनले तत्कालै सबै यात्रुलाई सकुशल ओरालेको थियो ।

एक सयभन्दा बढी यात्रु बोकेर काठमाडौं आएको विमान अवतरण गर्ने क्रममा एक्कासी चक्कामा आगो लागेको थियो । विमानस्थलका प्राविधिकले चक्कामा लागेको आगो निभाएका थिए ।


  •  
  •  
  •