बन्दकर्ताले लगाए ट्याक्सीमा आगो

73
  •  
  •  
  •  

काठमाडौ, ८ साउन(ओएनएस) : विप्लव नेतृत्वको माओवादीले गरेको बन्दका क्रममा काठमाडौको सोह्रखुट्टेमा ट्याक्सीमा आगजनी गरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै हात्तिवनबाट आइरहेको बा १ ज २३०१ नम्बरको ट्याक्सीमा पेट्रोल छर्केर आगो लगाएका हुन् । आगो लगाउने क्रममा उनीहरूले चालक राजेश तामाङलाई ट्याक्सीबाट ओरालेका थिए ।

२/३ जनाको समूहमा आएका बन्दकर्ताले ट्याक्सी रोकेर चालकलाई ट्याक्सीबाट ओरालेर आगो लगाएका थिए ।


  •  
  •  
  •