बिद्युत प्राधिकरणमा लागेको अागो नियन्त्रणमा

221
  •  
  •  
  •  

काठमाडौं, २१ (ओएनएस) :  नेपाल बिद्युत प्राधिकरणको रत्नपार्कमा रहेकाे वितरण केन्द्रको हातामा लागेको अागो नियन्त्रणमा अाएको छ ।

नेपाल प्रहरीका अनुसार अागलागी १ घण्टापछि नियन्त्रणमा अाएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार  सुरक्षाकर्मी  र  दुई दमकलले आगो निभाएका हुन् ।

केन्द्रको गाेदामको रुपमा प्रयोग गरिएको टहरोमा आगलागी  भएको हो ।

दिउँसो साढे ३ बजेदेखि आगलागी सुरु थियो । भूकम्पले भत्किएको भवन वेल्डिङ गर्नेक्रममा आगजनी भएको बताइएको छ  ।

[box type=”shadow” ]

[/box]

fire 3 fire 4 police fire


  •  
  •  
  •