जीपमा आगजनी, ३ पक्राउ

162
  •  
  •  
  •  

धनगढी, ६ मंसिर (ओएनएस) : कैलालीको भजनी–त्रिशक्ति नगरपालिकास्थित आमवारीमा आज जीपमा आगजनी भएको छ ।

से १ ज १०४६ नम्बरको जीपमा आज आगजनी भएको कैलालीका प्रहरी प्रमुख, एसपी राजेन्द्र विष्टले जानकारी दिए । जीपमा आगजनी गरेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

एसपी विष्टले धनीराम चौधरीसहित ३ जनालाई पक्राउ गरिएको बताए । घटनाको विस्तृत विवरण आएको छैन ।


  •  
  •  
  •