धनगढी, १० असोज(ओएनएस) : कैलालीको धनसिंहपुर गाविस कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
आईतबार बिहान करिब ४ बजेतिर गाविसमा भवनमा आगजनी गरिएको कैलालीका एसपी विक्रम चन्दले जानकारी दिएका छन् । आगजनीबाट फर्निचर, कागज पत्रहरू नष्ट भएको एसपी चन्दले जनाएका छन् ।
उक्त घटनामा संलग्न समूह वा व्यक्तिबारे केही थाहा नभएको प्रहरीको भनाई छ । यस घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
केही दिनअघि मात्र पनि कैलालीकै बौनिया गाविसमा आगजनी भएको थियो ।