भारतीय संसदमा भीषण आगलागी, १० दमकलले निभायो आगो

222
  •  
  •  
  •  

fire-on-indian-parliamentकाठमाडौ, ८ चैत(एजेन्सी) : संसद परिसरमा आईतबार भीषण आगलागी भएको छ । संसद परिसरको रिसेप्सन नजिकै दिउँसो करिब २ बजे आगलागी भएको थियो । सोही ठाऊँबाट सांसदहरू संसद भवनमा जाने गर्छन् ।

आगलागी भएपछि उक्त आगो नियन्त्रणमा लिनका लागि १० वटा दमकल पुगेका थिए । एसीको पावर युनिटमा सर्ट भएपछि उक्त आगलागी भएको बताइएको छ ।

अहिले उक्त क्षेत्रमा आउन जान प्रतिबन्ध लगाइएको छ । आइतबार हुनाले उक्त क्षेत्रमा धेरै मानिस थिएनन्, जसले गर्दा जनधनको ठुलो क्षति हुन पाएन ।

fire-on-indian-parliament1

fire-on-indian-parliament2


  •  
  •  
  •