गोठाटारमा गोली चल्यो

296
  •  
  •  
  •  

काठमाडौं, २४ साउन (ओएनएस) ः काठमाडौंको गोठाटारमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । घटनापछि प्रदर्शनमा उत्रिएका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनमा उत्रिएका स्थानीयबासीले बालुवाखानी क्षेत्रको टहराहरूमा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

पशुपति विकास कोषले बालुका निकालपछि ठूलो ताल बनेको छ । उक्त तालमा पौडी खेल्ने क्रममा स्थानीय रोजिन शाक्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •