बानेश्वरस्थित थापागाउँमा आगलागी

142
  •  
  •  
  •  

काठमाडौँ, १६ बैशाख(ओएनएस) : बानेश्वरस्थित थापागाउँको एक घरमा आगलागी भएको छ । बिहीबार बिहान साढे ७ बजेदेखि अनमोल क्याटरिङ अगाडि रहेको घरको गोदाममा आगलागी भएको छ ।

बाटोमा प्रत्येक दिन फालिएका कपास, प्लाष्टिक र कागज डढाउने क्रममा सल्किएर अन्डरग्राउण्डमा रहेको प्लाष्टिक, कागज र कपास भएको गोदाममा आगो सल्किएको हो ।

आगो निभाउनका लागि जुद्ध वारूणयन्त्रको सहायताले प्रहरी र स्थानीयबासीले आगो नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । आगलागीका कारण बानेश्वर आसपासको क्षेत्रको सवारी आवागमनसमेत अवरूद्ध भएको छ ।


  •  
  •  
  •