बिद्युत प्राधिकरणमा आगलागी, जल्यो हजारौं फाइल, हेर्नुहोस् फोटोफिचर

154
  •  
  •  
  •  

काठमाडौं, २२ जेठ (ओएनएस) : बिहिबार अपरान्ह रत्नपार्कस्थित नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय कार्यालय परिसरमा रहेको एक टहरोमा आगलागी हुँदा हजारौ फाइल जलेर नस्ट भएका छन् । वितरण केन्द्रको हातामा बिहिबार करिव डेढ घण्टा आगलागी हुँदा  महत्वपूर्ण फाइल जलेका हुन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सुरक्षाकर्मी र  सात वटा दमकलले आगो निभाएका थिए । टुडीखेलमा रहेका नेपाली सेनाका जवानहरु समेत दौडदै आगो निभाउन आएका थिए ।  केन्द्रको गोदामको रुपमा प्रयोग गरिएको टहरोमा आगलागी दिउँसो साढे ३ बजे विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागी हुँदा प्राधिकरणका कर्मचारीहरु भन्दै थिए, ‘अस्ती भूकम्पले डुबायो, आज आगलागीले जलायो ।’ भूकम्पका कारण क्षति भएको प्राधिकारणको भवन बुधबार मात्र पुनर्निर्माण गरिएको थियो । हेर्नुहोस् फोटोफिचर :-

AKD_3893 AKD_3913 AKD_3917 AKD_3931 AKD_3941 AKD_3949 AKD_3960 AKD_4035 NEA


  •  
  •  
  •