आगलागीमा ९ घर जलेर नष्ट

315
  •  
  •  
  •  

विराटनगर, २२ चैत(ओएनएस) : सुनसरीको कोशी गाउँपालिका–४, जुद्धगञ्जमा शुक्रबार आगलागीबाट ९ घर जलेर नष्ट भएको छ ।

फाइल तस्बिर

शुक्रबार बिहान करिब ८ बजे रहमान मन्सुरीको घरबाट शुरु भएको आगोले छिमेकी ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक मन्सुरी र कैजुम मन्सुरीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

इनरुवा, इटहरी र दुहबीको दमकल तथा प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हावाहुरीका कारण बिजुली सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।


  •  
  •  
  •