आगलागीबाट ६ वटा पसल जलेर नष्ट

347
  •  
  •  
  •  

सर्लाही, २१ चैत(ओएनएस) : सर्लाहीमा घुरबाट सल्केको आगोले ६ वटा पसलमा आगलागी भएको छ ।

फाइल तस्बिर

आगलागीबाट ६० लाख बराबरको क्षति भएको छ । मलगंवा नगरपालिका–१० स्थित जिविस चौकका शंकर गुप्ताको बाख्राको खोरमा लामखुट्टे भगाउन बालेको घुरबाट बिहीबार बिहान करिब २ बजे आगलागी भएको हो ।

आगलागीबाट स्थानीय राज नारायण ठाकुर र प्रमोद शर्मा ठाकुरको फर्निचर पसल, राज किसुन पण्डितको किराना पसल, हुसैनी मुकेरीको सिरक र डसना बनाउने पसल, पिन्टु यादवको पसल र शम्भु ठाकुर हजामको शैलुनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र दमकलको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिईएको थियो ।


  •  
  •  
  •