गाउँपालिका भवनमा आगजनी

216
  •  
  •  
  •  

संखुवासभा, १६ चैत(ओएनएस) : संखुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिका भवनमा अज्ञात समूहले आगजनी गरेका छन् ।

 

शनिबार रातिको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएको छ ।

कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि गाउँपालिकामा आगजनी भएको स्थानीयबासीले थाहा पाएका थिए ।

गाउँपालिकामा आगजनी भएको थाहा पाएपछि सदरमुकाम खाँदबारीमा रहेका गाउँपालिकाका अध्यक्ष पेम्बा सदरमुकामबाट गाउँपालिका तिर लागेका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले घटना कसले घटाएको हो भन्नेबारे हालसम्म एकिन हुन नसकेको र थप अनुसन्धान भइरहेको बताए ।


  •  
  •  
  •