आगलागीमा बालिकाको मृत्यु

382
  •  
  •  
  •  

दाङ, ११ चैत(ओएनएस) : दाङमा आगलागीमा परेर बालिकाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिताको ज्यान गएको हो ।
हिमालका ३ वर्षीय छोरा अमितले खेल्ने क्रममा सलाई कोरेर फाल्दा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएको थियो ।

आगोमा परेर गम्भीर घाइते बालिकाको उपचारको क्रममा बुुटवल प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


  •  
  •  
  •