ट्रक र बसमा आगजनी

65
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन(ओएनएस) : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मकवानपुरको थाहा नगरपालिकामा एक ट्रकमा आगजनी गरेका छन् । ना ५ ख ७४११ नम्बरको मालबहाक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोट बजारदेखि ४ किलोमिटर उत्तरतर्फ त्रिभुवन राजपथमा बुधबार राति ट्रकमा आगजनी भएको हो ।

यस्तै आज बिहान पुर्व पश्चिम राजमार्गको हेटौंडा चितवन खण्डको बस्तीपुरमा ना ७३६९ नम्वरको डिव्वा गाडिमा ढुंगा प्रहार भएको छ ।
ढुंगा प्रहारबाट चालक सामान्य घाइते भएका छन् । सो गाडी चितवनबाट हेटौंडा आउँदै गरेको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

यसैबीच कैलालीमा विवाहको गाडीमा आगजनी भएको छ ।  बुधबार मध्यरातमा विवाहको ब्यान्डबाजा सवार गाडीमा आगजनी भएको र गाडी क्षतिग्रस्त बनेको कैलाली प्रहरी प्रमुख आभुषण तिमल्सिनाले जानकारी दिए ।
तिमल्सिनाका अनुसार केलालीको मसुरिया र राजीपुरकोबीच जंगलमा म १ ख ४४१ नम्बरको गाडीमा आगो लगाइएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको र राजमार्ग क्षेत्रमा यात्रा गर्ने सवारी तथा यात्रुलाई उचित सुरक्षा व्यवस्था मिलाइएको पनि प्रमुख तिमिल्सिनाले जानकारी दिए ।

यसका अलावा धनगढी आउँदै गरेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका ३ जनालाई गोदावरी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । ‘गोदावरीमा बिहीबार बन्दको दिनमा पनि किन सवारी चलाएको भन्दै सार्वजनिक सवारी रोक्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको छ ।पक्राउ परेकाहरुलाई कानुनअनुरुप म्याद थपी थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।


  •  
  •  
  •