किया मोटरर्सको शोरुममा लागेको आगो नियन्त्रणमा

129
  •  
  •  
  •  

काठमाडौं, १४ असोज (ओएनएस) : राजधानीको  तीनकुनेस्थित किया मोटरर्सको शोरुममा  रुपमा लागेको आगलागी  नियन्त्रणमा आएको छ । मंगलबार बिहान ११ बजेर ३० मिनेटमा सुरु भएको आगो नियन्त्रण करिब एक घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीमा कुनै ठुलो क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागी हुनासाथ कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले शोरुपमा रहेका सबै गाडी सुरक्षितसाथ बाहिर निकालेकाले कुनै क्षति हुन नपाएको प्रहरीको भनाई छ ।

जेनेरेटर लिग भएपछि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी जेनेरेटर र केही प्याष्टिकका समान जलेका छन् । अहिले आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगो नियन्त्रण लिन काठमाडौं महानगरपालिका र  नेपाल प्रहरीको दमकल प्रयोग गरिएको थियो ।


  •  
  •  
  •