भुतले गर्भवती बनायो भन्दै प्रहरीमा उजुरी

122
  •  
  •  
  •  

के अदृश्य भुतले कुनै महिलालाई गर्भवती बनाउन सक्छ ? यो कल्पना भन्दा धेरै बाहिरको कुरा हो ।

तर, भारतको उत्तराखण्डमा एउटा यस्तै समस्या आएको छ । एक युवतीले हरिद्धार प्रहरीमा उजुरी दर्ता गर्दौ भनिन्, भुतले मलाई गर्भवती बनायो । उसबाट जन्मिएका जुम्ल्याहा बच्चा समेतछन् ।

अझ रोचक कुरा त बच्चा एकाएक गायब भए भन्दै उनी उजुरी गर्न पुगेकी हुन् । बुधबारको ती युवती प्रहरीमा आफ्ना बच्चा खोजिदिन र भुतलाई सजायँ दिन माग गर्दै उजुरी गर्न पुगेकी हुन् ।

युवतीले व्यागबाट डायरी झिकेर गर्भवती भएको दिन देखिको बयान सुनाइन् । २७ वर्षीया इन्जिनियरिङकी विद्यार्थी ती युवतीको दिमाग ठिक नभएको भन्दै प्रहरीले उनको उजुरी अस्विकार ग¥यो ।

तर, उनले आफ्ना बच्चा र भुत श्रीमान् पत्ता लगाएर खवर गर्न आग्रह गर्दै प्रहरी थानाबाट बाहिरीइन् ।

एजेन्सीको सहयोग


  •  
  •  
  •