चलचित्र ‘पिके’मार्फत धार्मिक भावनालाई ठेस पुर्याएको भन्दै अमिरसहित ४ जनाविरूद्ध मुद्दा दायर

244
  •  
  •  
  •  

aamir khan film pkकाठमाडौ/ पुस : अमिर खानको चलचित्र ‘पिके’को पोष्टरलाई लिएर पोष्टर सार्वजनिक भएदेखी भएको विवाद साम्य नहुँदै चलचित्रविरूद्ध धार्मिक भावनाको ठेस पुर्याएको भन्दै मुद्दा दर्ता गरिएको च । प्रहरीले चलचित्रका निर्माता-निर्देशक विरूद्धको मुद्धा दर्ता गरेको छ ।

उक्त मुद्धा हिन्दू कानूनी प्रकोष्ठका सचिव प्रशान्त पटेलले चलचित्र ‘पिके’का निर्देशक राजकुमार हिरानी, अमिर खान, निर्माता विधु विनोद चोपडा र सिद्धार्थ राय कपूरविरूद्ध दायर गरेका हुन् । उक्त मुद्धामा चलचित्रमा भगवान शिवलाई गलत तरिकाले देखाएको भनिएको छ । चलचित्रमा भनिएको ‘जो डरता है, वो मन्दिर जाता है’ भन्ने वाक्यांश पनि मुद्धामा उल्लेख गरिएको छ ।

यसभन्दा पनि चलचित्रको पोष्टरमा अमिर खानको ट्रान्जिस्टर लिएर न्युड फोटो खिचेको भन्दै विवाद भएको थियो । पोष्टरमा अश्लिलतालाई लिएर मुद्धा समेत दर्ता गरिएको थियो ।

चलचित्र पिके विवादमा आएपछि अमिर खान र चलचित्रका निर्देशक राजकुमार हिरानी आफ्नो र चलचित्रको बचाऊ गर्न थालेका छन् । अमिरले हामी लोकतन्त्रमा रहन्छौ र धर्मलाई लिएर आ-आफ्नो दृष्टीकोण फरक-फरक भन्दै भनेका छन्, ‘म सबैको भावना र विचारहरूको सम्मान गर्छु । यस घटनालाई जानीबुझी नै सनसनीपूर्ण बनाइएको छ ।’

यस्तै, निर्देशक राजकुमार हिरानीले आफूलाई बचाऊँदै भनेका छन्, ‘हामीले जानीजानी कसैको धार्मिक भावनामा ठेस पुर्याउन चाहँदैनौ । हामी हिन्दु, मुसलमान, सिख या ईशाई जे भएपनि हाम्रो जन्म सबै एकै तरिकाले हुन्छ, यही चलचित्रको मुख्य विचार हो ।’


  •  
  •  
  •