माघ ८ मा संविधान आँउदैन, विवादित विषयमा सहमति गरे ठूलो उपलब्धिः अर्थमन्त्री

297
  •  
  •  
  •  

काठमाडौं, १३ पुस (ओएनएस) :   अर्थमन्त्री डा. रामशरण महतले माघ ८ मा संविधान जारी गर्न असम्भव रहेको दाबी गरेका छन् ।

आइतबार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री महतले तोकिएको मितिमा संविधानका अन्र्तवस्तुमा सहमति कायम गर्न सके पनि ठूलो उपलब्धि हुने भन्दै अब पनि माघ ८ मै संविधान आउँछ भनेर जनतालाई ढाँट्न नहुने स्पष्ट पारे ।

मन्त्री महतले विवादित विषयमा सहमित कायम गर्न भन्दै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले धेरै समय व्यतित गरेको भन्दै अब सहमित हुन सके तत्काल सहमति कायम गरिनु पर्ने नभए विवादित विषयलाई थाँती राखेर भएपनि संविधान जारी गर्ने त्यो पनि नभए प्रक्रियामा जानुको विकल्प नभएको स्पष्ट पारे ।

 संघीयता थाती राखेरै संविधानजारी गर्ने हो भन्ने जिज्ञासामा उनले भने–‘संघीयता थातीँ राख्ने भन्ने कुरा होईन, तर प्रदेशको नामांकन र सिमांकनको विवादभने प्रादेशिक सभालाई टुँग्याउन दिनुपर्छ ।’

हिमाल, पहाड र तराईवीच अन्तरसम्बन्ध भएको उल्लेख गर्दै आर्थिक–सामाजिक अन्तरसम्बन्धलाई अलग राखेर संघीयतमा जानै नसकिने मन्त्री महतको दाबी छ ।

अर्को प्रसंगमा मन्त्री महतले  तनहुँ हाईड्रो पावरको काम तत्काल सञ्चालन गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । उनले यस विषयमा विवाद गर्न नहुने भन्दै छिट्टै प्राजेक्ट सुरु हुने विश्वास पनि व्यक्त गरे ।

यद्धपी प्राजेक्टकसलाई दिने भन्नेवारेमाभने स्पष्ट जानकारी दिएनन् । उनले यसवर्षको आर्थिक वर्षमा करिव ६० प्रतिशत पुँजीगत खर्च वृद्धि भएको बताए । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा पुँजीगतखर्च वृद्धि भएपनि आफूहरु सन्तुष्ट भने नभएको दाबी गरे ।


  •  
  •  
  •