नवनियुक्त अार्इजिपीलाई दर्ज्यानी चिन्ह प्रदान

285
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (अाेएनएस) : नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै संगठनका प्रहरी महानिरीक्षक(आइजिपी)हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ।

बिहीबार बिहान गृह मन्त्रालयमा अायाेजित एक कार्यक्रमबीच द्धय अार्इजिपीलार्इ दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।

नवनियुक्त नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो। गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

यसअघि  ३० वर्षे सेवाहदका कारण बुधबारदेखि  नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले महानिरीक्षकबाट अनिवार्य अवकाश पाएपछि नयाँ अार्इजिपी नियुक्त गरिएकाे हाे।

 


  •  
  •  
  •